अर्जुनचौपारी स्वास्थ्य शिविरमा ६३१ जनाको स्वास्थ्य परीक्षण

पाेखरा | पुस ६, २०८२

अर्जुनचौपारी स्वास्थ्य शिविरमा ६३१ जनाको स्वास्थ्य परीक्षण

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। 


खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।


अर्जुनचौपारी–१ स्थित गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालित शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, बालरोग, दन्तरोग, आँखा, नाक, कान तथा घाँटी र छालारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। 


शिविरमा चेकजाँच गरिएकामध्ये १२० जना बिरामीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ। रिफर भएका बिरामीहरूले उक्त अस्पतालमा औषधिमा ५ प्रतिशत र उपचारमा २० प्रतिशत छुट पाउने जनाइएको छ।


शिविरमा डा. कृष्ण विष्ट, डा. चन्द्र बहादुर पुन, डा. बृहस्पति सिग्देलसहितका विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुर्गम क्षेत्रमा आएर विशेषज्ञ सेवा प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा खेलकुद क्षेत्रमा पनि सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो।


फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, समाजसेवी खुमा प्रसाद अर्याल, डा। लुना अर्याल लगायतले स्वास्थ्यको महत्त्वबारे चर्चा गर्नुभएको थियो। सो अवसरमा सहयोगी निकायहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गरिएको थियो।

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्